पार्टीको विधान संशोधन गर्न कांग्रेसलाई सकस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पार्टीको विधान संशोधन गर्न कांग्रेसलाई सकस

काठमाडौं, ४ पुस । गत मंसिरमा २९ गते उद्घाटन भएको नेपाली कांग्रेसको महासमिती बैठकमा पाँचौ दिन बित्दा समेत विधान मस्यौदा पेश हुुन नसक्दा महासमिति सदस्यहरु निराश बनेका छन् । मंगलबार दिनभरको प्रयासपछि साँझ केन्द्रीय कार्यसमिति र पदाधिकारीको संख्यामा शीर्ष नेताबीच सहमति जुटेपनि विधानको संशोधित मस्यौदा महासमिति बैठकमा पेश हुनै सकेन ।

महाधिवेशनको वन्द सत्रमा विधानवारे केही जानकारी नदिंदा महासमिति प्रतिनिधिहरु दुखेसो पोखिरहेका छन् । शीर्ष नेताबीच भएको सहमतिलाई पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्र महासमिति बैठकमा पेश गर्ने प्रावधान छ ।

तर केन्द्रीय समितिले नै त्यसलाई अनुमोदन गर्न नसक्दा बुधबारको बैठकमा समेत विधानको मस्यौदा पेश हुन सकेन । मंगलबारको बैठकमा महासमिति प्रतिनिधिहरुले विधान विना छलफलमा नबस्ने भनेर नेताहरु विरुद्ध नाराबाजी समेत गरे ।

बुधवार बसेको बैठकमा पनि विधान पेश नहुँदा महाधिवेशन प्रतिनिधि मात्र होइन धेरै केन्द्र्रीय स्तरकै नेताले समेत नेतृत्वप्रति तिव्र असन्तुष्टि जनाए ।

महासमिति बैठकको मुख्य विषय पार्टीको विधान हो । जुन विधानको मस्यौदा नै महासमिति सदस्यहरुले हेर्न पाएका छैनन । पटक पटक बसेको केन्द्रीय समितिले नटुग्याएको विधानको मस्यौदालाई शीर्ष नेतृत्व स्तरमा मंगलबार साँझ टुंगाए । विधानको मस्यौदामा केन्द्रीय कार्यसमितिलाई ८ पदाधिकारी सहित १६१ सदस्यीय बनाउने सहमति भयो ।

प्रस्तावित मस्यौदामा कोषाध्यक्ष बाहेक सबै पदको लागि खुला निर्वाचन गरिने भनिएको छ । नेपाली काँग्रेसले पहिलो पटक यति धेरै पदमा खुला निर्वाचनमा जान लागेको हो । मस्यौदामा २० केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था पनि गरिएको छ ।

तर पदाधिकारी मध्ये केहीमा समावेशीताको आधारमा पनि मनोनयनमा जानु पर्ने कुरा केन्द्रीय समितिको बैठकमा उठेपछि विधानको मस्यौदाले फेरी नयाँ मोड लियो । छाप्न ठिक्क पारिएको विधानको मस्यौदा त्यतिकै अड्कियो । यसका बावजूद बिहीबारको महासमिति बैठकमा विधान पेश गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

नेपाली काँग्रेसको पूर्व निर्धारित कार्यतालिका अनुसार महासमिति बैठक पुस ३ गते नै समापन हुनुपर्ने हो । तर विधानको टुंगो नलाग्दा महासमिति बस्दै स्थगित हुँदै गर्दा लम्बिदै आएको छ । मंसिर २९ गतेदेखि सिंहदरबार अगाडिको एउटा पार्टी प्यालेसमा बस्दै आएको काँग्रेस महासमिति बैठक बिहीबारदेखि भने पार्टीको केन्द्रीय कार्यालय ललितपुर स्थिति सानेपामा बस्ने भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);