काँग्रेसको महासमिति बैठक मंसिर ५ गतेदेखि काठमाडौंमा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काँग्रेसको महासमिति बैठक मंसिर ५ गतेदेखि काठमाडौंमा हुने

congress metting

काठमाडौं, ९ भदौ । नेपाली काँग्रेसको आसन्न महासमिति बैठक मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ । शनिबार बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले आसन्न महासमिति बैठक मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो।

देशव्यापी रुपमा छलफल गरेर पार्टीको पुनर्संरचना गर्नुपर्ने भएकाले पार्टीको महासमिति बैठक मंसिर पहिलो हप्ता गर्ने सर्वसम्मत निर्णय लिइएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले महासमिति बैठकका लागि सभापति शेरबहादुर देउवा नेतृत्वको मूल तयारी समिति गठन गरेको छ । समितिमा केन्द्रिय सदस्य र आमन्त्रित केन्द्रिय सदस्यहरु सदस्यको रुपमा रहने निर्णय गरिएको प्रवक्ता शर्माले बताए ।

बैठकले महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन बनाउन उपसभापति विमलेन्द्र निधि नेतृत्वको समिति गठन गरेको छ । त्यसैगरी सांगठनिक प्रतिवेदन पार्टीका महामन्त्री डा. शशांक कोइराला र आर्थिक प्रतिवेदन पार्टीका कोषाध्यक्ष सितादेवी यादवले महासमिति बैठकमा पेश गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताए ।

बैठकले महासमिति बैठकमा पार्टीको अर्थ नीतिसम्बन्धि धारणा तय गर्न डा. प्रकाशरण महत नेतृत्वको समिति गठन गरेको छ । समितिमा रहने सदस्यहरु पछि थप गर्ने गरी मुलुकको समग्र आर्थिक क्षेत्रको धारणा तय हुनेगरी अर्थ नीति सम्बन्धि प्रतिवेदन महासमिति बैठकमा पेश गर्ने जिम्मेवारी सहमहामन्त्री महत नेतृत्वको समितिलाई दिइएको पार्टीका प्रवक्ता शर्माले बताए ।

बैठकले विधान संशोधनका लागि गठित महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिलाई अनुमोदन पनि गरेको छ । समितिले महासमिति बैठकमा पेश गर्ने विधान प्रतिवेदन तयार पार्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);