कांग्रेसको आगामी महासमिति बैठकमा पेश गरिने आर्थिक प्रतिवेदन पारित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेसको आगामी महासमिति बैठकमा पेश गरिने आर्थिक प्रतिवेदन पारित

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको आगामी महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन पारित भएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको सोमबारको बैठकले सहमहामन्त्री डाक्टर प्रकाशशरण महत नेतृत्वको समितिले पेश गरेको आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो ।

पूर्व अर्थमन्त्रीहरु डाक्टर रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुले दिएको सुझावलाई समेत समेटेर सो प्रतिवेदन परिमार्जनसहित पारित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसले पारित गरेको आर्थिक प्रतिवेदनमा बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको आर्थिक नीतिबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दावी गरिएको छ । त्यसैगरी प्रतिवेदनमा उत्पादनमा जोड दिएर गरिव जनताको पक्षमा आर्थिक पहुँचको विकास गर्नुपर्ने उल्लेख गरिएको छ ।

सरकारको निषेध र नियन्त्रणमुखि अर्थनीतिका कारण मुलुकमा वैदेशिक लगानी गत वर्ष भन्दा ७५ प्रतिशत घटेको तथा आन्तरिक लगानी पनि पलायन हुने क्रम बढेको काँग्रेसको निष्कर्ष छ । आगामी मंसिर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरु पारित गर्न काँग्रेस केन्द्रिय कार्य समिति बैठक जारी छ ।

मंगलबार बस्ने केन्द्रिय कार्य समिति बैठकमा भने राजनीतिक प्रतिवेदन पेश हुनेछ । पार्टीका उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नेछ ।

काँग्रेसले महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पनि पेश गर्नेछ । सो प्रतिवेदन पनि छिट्टै केन्द्रिय कार्य समिति बैठकमा पेश हुने प्रवक्ता शर्माले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);