निर्मलाको हत्या आशंकामा पक्राउ परेका रावल र चौधरी निर्दोष रहेको भन्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निर्मलाको हत्या आशंकामा पक्राउ परेका रावल र चौधरी निर्दोष रहेको भन्दै प्रदर्शन

पुस्कर भट्ट
कञ्चनपुर, २४ मंसिर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आंशकामा पक्राउ परेका प्रदिप रावल र विशाल चौधरीका घर परिवार र आफन्तले चक्का जाम गरेका छन् ।

पक्राउ परेका दुवै जना निर्दोष भएको भन्दै आफन्तहरुले रिहाईको माग राख्दै सोमवार कञ्चनपुरमा तीनघण्टा राजमार्ग ठप्प पारेका हुन् । उनीहरुले कुकुरा चोरीको आरोपमा पक्राउ परेका व्यक्तिलाई फसाउन खोजिएको भन्दै सरकारको विरोध गरे ।

रावल र चौधरीका परिवारले चोरी, डकैती र लागु औषधमा संलग्न भएपनि आफ्ना छोराहरुले निर्मलाको हत्या नगरेको दावी गर्दै आएका छन् ।

प्रदिपका ठुलाबुवा कृष्ण रावलले निर्मला हराएकै दिन आफ्नो भतिजो प्रदिप गाउँलेको कुखुराको पसल चोरीको आरोपमा पक्राउ परेको जानकारी दिए । उनले भतिजो प्रदिपलाई यातना दिएर प्रहरीले हिरासतमा अपराध कबुल गराउन खोजेको समेत आरोप लगाए ।

प्रदिप काठमाडौंबाट पक्राउ परेपछि कञ्चनपुरबाट विशाल चौधरी र दिनेश चौधरीलाई प्रहरीले झिकाएको थियो । घटनामा दिनेशको संलग्नता नदेखिएको भन्दै उसलाई छाडिएको छ, भने विशाललाई छाडिएको छैन् ।

अहिले प्रहरीले विशाल र प्रदिपमाथी अनुसन्धान थालेको छ । विशालका बाबु बीर बहादुर चौधरीले कुकुरा चोरीका १० साउनमै आफ्नो छोरो पक्राउ परेको बताए । उनले निर्दोष व्यक्तिलाई फसाउने प्रपञ्च भएको बताउँदै रिहाईका लागि सडक आन्दोलन रोज्नु परेको गुनासो गरे । चौधरी र रावल परिवारले निर्दोषलाई नछाडेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

स्थानीय सर्वसाधारण मञ्जु गिरीले प्रहरीले निर्दोषलाई अपराधी बनाएर फसाउन खोज्दा आफुहरु आन्दोलनमा उत्रिनु परेको बताइन् । १० साउनमै प्रदिप र विशाल चोरीको आरोपमा पक्राउ परेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);