माओवादी पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

pradhanmantri oli

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालका पीडितलाई न्याय दिन आफू प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले द्वन्द्वकालका पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकार क्रियाशील रहेको बताए ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर राष्ट्रिय मानव अधिकार आयोगले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्द उनले निरंकुश निर्दलीय व्यवस्थाको विरुद्ध जेल सजाय भोग्दा आफूमाथि गम्भिर मानव अधिकार हनन् भएको उल्लेख गर्दै त्यसले पनि आफूलाई मानव अधिकार हनन् हुन नदिन सचेत गराएको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले द्वन्द्वकालका घटनाका पीडितले न्याय पाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

उनले नयाँ संविधानले मानव अधिकारको प्रत्याभूति गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान तीन वटै तहको सरकार सक्षम हुने विश्वास पनि व्यक्त गरे राष्ट्रिय मानव अधिकार आयोगले दण्डहिनताको अन्त्य गर्न सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);