सञ्चारमाध्यमहरु गैह् जिम्मेवार बन्दै गएको सञ्चारमन्त्रीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सञ्चारमाध्यमहरु गैह् जिम्मेवार बन्दै गएको सञ्चारमन्त्रीको आरोप

काठमाडौं, २४ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संचारमाध्यमहरु गैह् जिम्मेवार बन्दै गएको भन्दै समग्र संचारक्षेत्रको चर्को आलोचना गरेका छन् । सोमबार राजधानी काठमाडाैंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले संचारक्षेत्रले सरकारका प्रत्येक क्रियाकलापको नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोश पोखे ।

संचारमाध्यममा सरकारले भ्रष्टाचारीलाई नियन्त्रणमा लिए भ्रष्टाचार बढ्यो भन्दै टिप्पणी गर्ने तथा बलात्कारीलाई नियन्त्रणमा लिए नक्कली भन्ने गरेको भन्दै उनले रोष प्रकट गरे । उनले सरकारका हरेक क्रियाकलाप नक्कली हुन् भन्ने मानसिकता फैलाउने उद्देश्यले समाचार सम्प्रेषण हुने गरेको भन्दै जिम्मेवार बन्न संचार क्षेत्रलाई आग्रह गरे ।

उनले भने “सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो । अरुले जे गर्छन् त्यो मात्रै सक्कली हो ? त्यसो भए सक्कली र अपराधी कहाँ छ त बताईदिनु पर्यो नि ? उसलाई खोज्न जानुपर्यो । सक्कली को हो देखाईदिनुपर्यो नि ।”

मन्त्री बास्कोटाले संचारकर्मीका लागि सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक लागु गर्न अझै पनि संचार गृहहरु इमान्दार नभएको भन्दै श्रमलाई व्यवस्थित र बैज्ञानिक बनाउन आग्रह गरे ।

कार्यक्रममा अनलाईन खबर डट कमका सम्पादक अरुण बराल र नयाँ पत्रिका दैनिकका सम्पादक कृष्ण ज्वाला देवकोटालाई प्रेस काउन्सिल सानिमा बैक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

मन्त्री बास्कोटाले पत्रकारद्धय बराल र देवकोटालाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी जनही २/२ लाख रुपैयाँ रहेको छ । पुरस्कार छनौट समितिमा तीर्थ कोइराला, किशोर नेपाल र गोविन्द आचार्य रहेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);