जयसिंह धामी प्रकरणमा भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

जयसिंह धामी प्रकरणमा भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय सभा बैठकको बिशेष समयमा बोल्दै सांसद श्रेष्ठले अहिलेसम्मको प्रमाणको आधारमा दार्चुलाका जयसिहं धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुको संलग्नता रहेको उल्लेख गर्दै यस घटनाको निम्ति भारत सरकारले नेपाली जनतासँग सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्ने बताएका हुन् ।

सांसद श्रेष्ठले भने – ‘म यस प्रकारको अमानविय, उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवम् भत्र्सना गर्दछु । यसका निम्ति भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्दछु । दोषी व्यक्तिहरु माथि तत्काल कडा कारबाही गर्न माग गर्दछु र अबका दिनहरुमा यस प्रकारका हेपाहा, उत्पीडनकारी व्यवहार अन्त्य गर्न, नदोहो¥याउन पनि म जोडदार माग गर्न चाहान्छु ।’

सांसद श्रेष्ठले यस प्रकरणले नेपाली जनतामा पीडा पैदा भएको भन्दै पीडाले र देशभक्तिको भावनाले नेपाली जनता आफै प्रतिकारको स्थितिमा आउन सक्ने चेतावनी दिदैँ सरकारले तत्काल सत्यतथ्य छानविन गर्नुपर्ने बताए । उनले भने – ‘नेपाली जनतामा यस प्रकारको अमानविय, क्रुर, घटनाबाट जुन पीडा पैदा भएको छ । त्यो पीडाले देशभक्तिको बाँध, मानवताविरोधी कार्यका विरुद्ध उर्लिएको भावनाले त्यो बाँध भत्काएर आफैँ प्रतिवाद र प्रतिकारमा आउने स्थिति उत्पन्न गर्ने कार्य कुनैपनि हालतमा उपयुक्त हुँदैन । यस सम्बन्धमा नेपाल सरकारले तत्काल कदम चालोस् भन्ने म विशेष अनुरोध गर्न चाहान्छु ।’

सांसद श्रेष्ठले प्रतिनिधि सभा विघटनको प्रमुख नायक पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भएपनि यसको निम्ति विगतदेखिको प्रवृति जिम्मेवार रहेको बताए । मुलुकको दुरावस्थाको निम्ति ओली मात्रै जिम्मेवार नभई सबै राजनीतिक पार्टीहरु र नेताहरु तथा यस अघि सरकार चलाउनेहरु पनि भएको उनले जिकिर गरे ।

यस विषयमा आत्मसमिक्षा गरेर आफुलाई सुधार्दै जानुपर्ने सांसद श्रेष्ठले बताए । उनले भने – ‘प्रतिनिधि सभालाई विघटन गरेर प्रतिगामी कदम चाल्ने प्रमुख पात्र र नायकत्व पूर्व प्रधानमन्त्री तत्कालीन सरकारका प्रमुख माननीय केपी शर्मा ओलीले नै गर्नुभएको थियो । त्यो कुरा सत्य हो । तर यो कुरा पनि हामीले आत्मसात् गर्नु जरुरी छ । यो मुलुकको दुरावस्थाका निम्ति , यो मुलुकको बेहालका निम्ति त्यो प्रवृतिका बाहक उहाँमात्रै जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, यो भन्दा अगाडी विभिन्न ढंगले सरकार चलाउने सरकारहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए । आज हामीले त्यो कुरापनि गम्भिर आत्मसमिक्षा गर्नुपर्छ । निर्मम आत्मसमिक्षा गर्नुपर्छ र आफुलाई सच्याउन हामी तयार हुनुपर्छ ।’

सांसद श्रेष्ठले सरकारलाई बाढी पीडितहरुका लागि तत्काल राहत प्याकेज ल्याउन माग पनि गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);