काठमाडौं पूर्ण खोप सुनिश्चित महानगर घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

काठमाडौं पूर्ण खोप सुनिश्चित महानगर घोषणा

काठमाडौं ।

काठमाडौं महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर घोषणा भएको छ । शुक्रवार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चित महानगरको रुपमा घोषणा गरेको हो । १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चित भएपछि काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले खोप सबै बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्नुभयो । उहाँले खोप कार्यक्रमलाई अगामी दिनमा अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी निर्णय आफैँ गर्न नसक्ने भएकाले राज्य र परिवारले उनीहरूको स्वास्थ्य सुरक्षाको जिम्मेवारी वहन गर्नुपर्ने बताउनु भयो । उहाँले जटिल तथा ज्यानै जान सक्ने रोगबाट बचाउन खोप अपरिहार्य रहेको उल्लेख गर्दै खोप लगाउन यदि कोहीले बालबालिकालाई छुटाएको भए तत्काल स्वास्थ्य केन्द्रमा जान समेत सुझाव दिनुभयो । कार्यवाहक प्रमुख डंगोलले खोप अभियानकै प्रभावका कारण पोलियोजस्ता रोगबाट हुने बालमृत्यु उल्लेखनीय रूपमा घटेको बताउँदै अब त्यस्तो जोखिमलाई शुन्यमा झार्ने लक्ष्यतर्फ महानगर अघि बढिरहेको बताउनु भयो ।उहाँले बालमृत्युदर न्युनिकरण तथा खोप कार्यक्रम सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भुमिकाको प्रशंसा गर्दै सम्मानसहित धन्यावाद ज्ञापन गर्नुभयो ।

Leave a Reply