पुर्चौडी पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पुर्चौडी पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

बैतडी।  बैतडीको पुर्चौंडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।  नगरपालिका स्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्त्वका विषयमा जानकारी दिइएको थियो ।

राष्ट्रिय खोप तालिका अनुसार नगरका १० ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए ।

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको कुँवरले बताए । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिएको उनले बताए ।

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा नगर प्रमुख दीपकबहादुर बम, उपप्रमुख मिना धानुक, वडा अध्यक्षलगायत जनप्रतिनिधिको सहभागिता थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);