नेपालको ६२ जिल्ला पूर्ण खोप सुनिश्चित | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

नेपालको ६२ जिल्ला पूर्ण खोप सुनिश्चित

काठमाडौं । रुकुमपूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएसँगै नेपालको ६२ जिल्ला पूर्ण खोप सुनिश्चित भएका छन्।

सबै बालबालिकाले पूर्णरूपमा नियमित खोप पाएपछि नेपालको कान्छो जिल्ला रुकुमपूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। 

जिल्लामा जन्मेदेखि १५ महिनासम्मका एक हजार तीन सय बालबालिका र १६ देखि २३ महिनासम्मका नौ सय ३४ बालबालिकाले पूर्णरूपमा खोप पाएका छन। यसअघि जिल्लाका तीनवटै गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन्। 

रुकुमपूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएसँगै लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित भएका छन्। यसअघि ११ वटै जिल्लाका सबै बालबालिकाले नियमित खोप पाइसकेका छन। 

नेपाललाई पूर्ण खोप सुनिश्चित देश घोषणा गर्ने अभियानअनुसार हालसम्म ६२ वटा जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका अनुसार देशका झन्डै ९० प्रतिशत पालिका पूर्ण खोप सुनिश्चित पालिका भएका छन्। बाल मृत्युदरमा कमी ल्याउन खोपले महत्वपूर्ण भूमिका खेलेको विभागको दाबी छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);