कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर, ३० असार । कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला भएको छ । शनिबार एक कार्यक्रमकाबीच प्रदेश नम्बर ७ का सामाजिक विकासमन्त्री दिर्घ सोडारीले कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।

पन्ध्र महिनाभित्रका बालबालिकालाई ११ थरीका खोप तालिका अनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

मन्त्री सोडारीले प्रदेशको स्वास्थ्य सुधारका लागि सरकार गम्भीर रहेको बताए । कार्यक्रममा जिल्लाका ९वटै स्थानीय तहका प्रमुख÷उप प्रमुख, स्वास्थ्यका कर्मचारीको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरले जिल्लाको स्वास्थ्य सुधारको विषयमा मन्त्री सोडारीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);