काठमाडौं महानगरलाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं महानगरलाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा

काठमाडौं, २३ पुष । काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको छ ।

आईतबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुुन्दर राजबैद्यले काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चिता महानगरको रुपमा घोषणा गरेका हुन् ।

कार्यक्रममा उपराष्ट्रपति पुनले स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन सरकारको ध्यानकर्षण गराए । उनले केही दिन यता हुम्ला, जुम्ला लगायतका जिल्लामा रुघाखोकी र तराईका जिल्लामा शीतलहरका कारण नागरिकको ज्यान गईरहेको भन्दै जीवन रक्षाको पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री दिपक बोहराले हरेक बालबालिकाले पूर्ण खोप पाउन भन्नेमा सरकार सचेत रहेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);