सिरहा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिरहा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

सिरहा, ३२ असार । सिरहालाई पूर्ण खोप सुनिश्चितता जिल्लाको रुपमा घोषणा गरिएको छ । १२ महिना देखि २३ महिनासम्मका १४ हजार ८ सय ५९ बालबालिकालाई पूर्ण खोप सुनिश्चितता गरी घोषणा गरिएको हो ।

सिरहा सदरमुकाममा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी पण्डितले कमी कमजोरी सुधार गर्दै पूर्ण खोप सुनिश्चिततालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न आग्रह गरे । सिरहा प्रदेश २ का चौथो पूर्ण खोप सुनिश्चितता जिल्ला भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);