Our Network

माघ १० २०७८, सोमबार

सिरहा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित

khop siraha

सिरहा, ३२ असार । सिरहालाई पूर्ण खोप सुनिश्चितता जिल्लाको रुपमा घोषणा गरिएको छ । १२ महिना देखि २३ महिनासम्मका १४ हजार ८ सय ५९ बालबालिकालाई पूर्ण खोप सुनिश्चितता गरी घोषणा गरिएको हो ।

सिरहा सदरमुकाममा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन् । प्रमुख जिल्ला अधिकारी पण्डितले कमी कमजोरी सुधार गर्दै पूर्ण खोप सुनिश्चिततालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न आग्रह गरे । सिरहा प्रदेश २ का चौथो पूर्ण खोप सुनिश्चितता जिल्ला भएको छ।