एेतिहासिक गौरवको रुपमा रहेको पर्सागढी ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एेतिहासिक गौरवको रुपमा रहेको पर्सागढी ओझेलमा

अनुप तिवारी
पर्सा, ३२ असार । पर्साको एेतिहासिक गौरवको रुपमा रहेको पर्सागढी ओझेलमा परेको छ । सरकारले पर्सागढीको संरक्षणमा चासो नदिएकाले ओझेलमा परेको स्थानीयले गुनासो छन् ।

पर्साको उत्तर पश्चिममा अवस्थित पर्सागढीबाट १८७१ मा नेपालले ब्रिटिश सेनालाई परास्त गरेको थियो । ब्रिटिश सेनाले नेपालको ५ वटा नाकाबाट आक्रमण गरेकोमा २ नाकामा ब्रिटिस तथा ३ स्थानमा नेपाल विजयी भएको थियो ।

विजयी भएको मध्ये पर्सागढी एक हो । तर ऐतिहासिक गौरवको रुपमा रहेको पर्सागढी संरक्षणको अभावमा पछिल्लो समय ओझलमा परेको छ । तीन वटा सरकार बनेपनि पर्सागढीको संरक्षणमा चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।

ऐतिहासिक पर्सागढीमा पुगेर मन्त्री तथा संसादहरुले प्रचार प्रसार, संरक्षण गर्ने आश्वासन दिने गरेका छन् । सोही गढीकै नामबाट पर्सागढी नगरपालिका नामकरण गरिएको छ । तर संरक्षणको पहल अझै हुन सकेको छैन । स्थानीयले सो क्षेत्रमा मन्दिर निर्माण गरेका छन् ।

थारु समुदायको कुल देवता तथा दशैमा पुजा गर्ने प्रमुख तिन ठाउँ मध्ये पर्सागढी पनि एक हो । त्यसैले एतिहासिक पर्सागढीको संरक्षण र प्रवद्र्धन गर्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);