कालिकोटको पचाल झरना प्रचार–प्रसार नहुँदा ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कालिकोटको पचाल झरना प्रचार–प्रसार नहुँदा ओझेलमा

विवश कुमार सेजुवाल

कालिकोट, २३ असोज । एसियाकै सबैभन्दा अग्लो झरनाको रुपमा दाबी गरिएको कालिकोट स्थित खार्दुको पचाल झरना प्रचार–प्रसारको अभाबमा गुमनाम अवस्थामा छ । विगत २ दशक अघि नै स्थानीयले त्यस झरनालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न पहल गरेतापनि तात्कालिन सरकारको साथ र सहयोग नमिल्दा ओझेलमा परेको हो ।

नेपालकै सबैभन्दा अग्लो झरना हो तेह्थुम स्थित ह्यातुङ झरना । यो झरना ३ सय ६५ मिटर लामो छ । तर, त्यो भन्दा पनि अग्लो झरनाको रुपमा दाबी गरिएका अर्को झरना पत्ता लागेको छ कालिकोट स्थित पचाल झरना ।

३ सय ८१ मिटर लम्बाई भएको झरना नेपालकै मात्र नभई एसियाकै सबैभन्दा अग्लो झरनाको रुपमा दाबी गरिएको छ । यो झरना परापुर्वक कालदेखि नै यहाँ रहेता पनि स्थानीयले यसलाई छहराको रुपमा मात्रै लिइरहेका थिए ।

तर २०५६ सालमा स्थानीयले यो छहरा नभई झरना हो भन्दै यसलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न पहल गरेका थिए । तर, तात्कालिन सरकारको वेवास्थाका कारण हाल सम्म पनि यो झरना ओझेलमा परेको छ ।

वर्षाैदेखि ओझेलमा परेको यो झरनालाई केन्द्रिय सरकारबाट केही सहयोग नपाएपछि यहाँका स्थानीय र स्थानीय सरकार यसलाई एसियाकै सबैभन्दा ठुलो झरनाको रुपमा चिर परिचित गर्न लागि परेका छन् ।

जस अन्तर्गत अब चाडै नै यहाँका स्थानीयले यस झरनालाई पर्यटन बोर्डमा दर्ता गराउने तयारी थालेका छन् । विगत लामो समयसम्म यो झरना गुमनाम रहेता पनि अब भने दर्ता सँगै यस झरना एसियाकै सबैभन्दा अग्लो झरनाको रुपमा स्थापित हुनेमा विश्वस्त रहेको पचाल झरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीय सरकारले यहाँ होटल तथा होमस्टेको तयारी समेत थालेको छ । एसियाकै सबैभन्दा अग्लो झरनाको रुपमा दाबी गरिएको यस झरनाको बेलैमा संरक्षण तथा प्रचार–प्रसार गर्न सके यो झरना नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउने एक अर्को पहिचान बन्न सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);