जाने होइन त तीन धारे ‘बाहुबली’ झरना (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

जाने होइन त तीन धारे ‘बाहुबली’ झरना (फोटो फिचर)

काभ्रे । रोशी गाउँपालिका वडा नं २ काफलडाँडामा मा रहेको तीनधारे झरनालेआन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने गरेको छ ।

दक्षिण भारतमा बनेको बाहुबली फिल्ममा जस्तै झरना भएकोले तीनधारा झरनालाई बाहुबली झरनाको रुपमा समेत चिनिन्छ ।

गाउँपालिकाले यो झरना भन्दा केहि तल महाबिर झरना तथा कमल कुण्ड रहेको छ ।

तीनधारे क्षेत्रमा होमस्टे व्यवस्थापनको लागि रोशी गाउँपालिकाले काम गरिरहेको छ । झरनाको संरक्षण, व्यवस्थापन तथा पर्यटन प्रवद्र्धनका लागि वडा न १, २ र ३ मा झरना संरक्षण समिति गठन गरि काम गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष डीबी लामाले स्वास्थ्यको मापदण्ड पालना गरेर झरनाको मजा लिन सबैमा अनुरोध गरेका छन् । ‘गाउँपालिका भित्र पर्यटन विकासको सम्भाव्यता अध्ययन गरेर पुस्तक नै प्रकाशन गरीसकेका छौं । तीनधारा झरनालाई सबैभन्दा बढी पर्यटन विकासको सम्भावना भएको स्थानको रुपमा लिएका छौं ।’, लामाले भने ।

अध्यक्ष लामाले महाभारत श्रृखलामा रहेका वडा नं २ को तीन धारा झरना, वडा नं. ३ को तारा खस्यो लेक, वडा नं. १२ को ग्याङडाँडालाई मुख्य पर्यटन क्षेत्रको रुपमा लिएको बताए ।

तिनधारे झरना पुग्न देखिने मनोरम दृशयले सबैको मन लोभ्याउने गरेको छ । झरना जाने बाटोको सुधार गरिएको छ ।

भरना पुग्न के गर्ने ?

झरना भएको ठाउँमा पुग्न धुलिखेल–नमोबुद्ध– दाप्चा– पिपलटार गहते – फलामेसाँघु– नारायणटार हुँदै काफलडाँडा जान सकिन्छ । अर्को रुट धुलिखेल– भकुण्डे – दाप्चा डराउनेपाखरी– पिपलटार, फलामेसाँघु– नारायणटार– काफलडाँडा हुँदै झरना पुग्न सकिन्छ ।

त्यस्तै कटुञ्जे चौकी डाँडा–पोटा खोला–सिसाखानी –महादेवटार–शिखरआम्वोटे – नारायणटार– काफलडाँडा जान सकिन्छ । किलोमिटरको हिसावमा धुलिखेलबाट भकुण्डे २१ किलोमिटर, भकुण्डेबाट फलामेसाँघु १५ किलोमिटर, फलामेसाँघुबाट काफलडाँडा ९ किलोमिटर र त्यहाँबाट झरना पुग्न १ किलोमिटर पैदल हिड्नुपर्छ ।

धुलिखेल नमोबुद्ध हुँदै जाँदा काभ्रेभञ्याङ सम्म पिच बाँकी सबै कच्ची पर्छ । भकुण्डे हुँदै जाँदा भकुण्डेबाट कच्ची सडकको यात्रा गर्नुपर्छ । तर कच्चीबाटोमा यात्रा गर्नुपरेपनि मनमोहक दृष्य र प्राकृतिक सुरन्दरता सबैको मानसपटलमा ताजा हुने हुँदा यात्रा सहजै तीनधारा झरना सम्म गर्न सकिन्छ ।

आन्तरिक पर्यटक त्यस ठाउँमा पुगेपछि स्थानीय भने दंग छन् । स्थानीय उत्पादन भएको सामाग्रीले गाउँबाटै बजार पाएको छ । त्यस भेगका मानिसहरु आफ्ना घरबारीमा उत्पादन भएका सामाग्रीहरु बाटोभरी बेच्न थालेका छन् ।

त्यहाँ मात्र हैन त्यहाँ पुग्न प्रयोग हुने रुट दाप्चा क्षेत्र, गहते, फलामे साँघु, शिखर आम्बोटेमा समेत व्यापार बढेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढे सँगै उनिहरुबाट लगिएको चाउचाउ, कोल्ड ड्रिङ्स तथा हार्ड ड्रिङ्सका बोटलहरु खाएर पालिएका फोहोर व्यवस्थापनमा भने चुनौति थपिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);