धनुषामा २ हजार लिटर मदिरा नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

धनुषामा २ हजार लिटर मदिरा नष्ट

धनुषा, २३ असोज । धनुषा प्रहरीले विभिन्न स्थानबाट बरामद् गरेको २ हजार लिटर मदिरा नष्ट गरेको छ । मंगलबार धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीको नेतृत्वमा गएको टोलीले मदिरा नष्ट गरेको हो ।

धनुषा जिल्लाका मदिरा बनाउने भट्टीहरुलाई नष्ट गरेपछि अन्य ठाउँबाट ल्याएको मदिरालाई पनि नियन्त्रणमा लिई नष्ट गरेको प्रहरी नायव उपरिक्षक दिपेन्द्र साहीले बताए ।

विशेषगरी चाडपर्वलाई लक्षित गरेर घरेलु मदिराको आयात बढेपछि त्यसलाई रोक्न ठाउँ–ठाउँमा चेकजाँच तथा छापा मारिरहेको धनुषा प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);