बारामा १० हजार लिटर अवैध घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट   | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बारामा १० हजार लिटर अवैध घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट  

बारा। महागढीमाई नगरपालिका–३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरबाट प्रहरीले करिब १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।

ती घरबाट करिब ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बुधबार नष्ट गरिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानिय प्रतिनिधिहरूको रोहवरमा अस्वस्थकर र न्यूनगुणस्तरको रक्सी उत्पादन गर्न प्रयोग गरिएका  अवैध भट्टीहरू, मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो । रक्सी उत्पादन गर्ने मेसिन, भाडाकुडा र ड्रमहरू नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);