महोत्तरीका चार भट्टीपसलमा प्रहरी छापा, मदिरा नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महोत्तरीका चार भट्टीपसलमा प्रहरी छापा, मदिरा नष्ट

gharelu madira

महोत्तरी । प्रहरीले बिहीबार राति महाेत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेकाे छ । भट्टी पसलमा अवैध रुपमा मदिरा उत्पादन भइरहेकाे सूचनाका आधारमा बल्वा नगरपालिकास्थित प्रहरी टोलीले झण्डै ६५० लिटर कच्चा पदार्थ र एक सय लिटर मदिरा नष्ट गरेको हो ।

विनोद साह, अरुण चौधरी, श्याम महतो र दिलीप साहले सञ्चालन गरेको भट्टी पसलबाट मदिरा र कच्चा पदार्थ जफत गरेर नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए । चारै जना भट्टी पसल संचालकलाई अ्बदेखि मदिरा उत्पादन नगर्ने सर्तमा स्थानीय जनप्रतिनिधि र स्थानीयकाे रोहबरमा छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);