ज्ञानीमैयाकाे निधनसँगै कुसुण्डा भाषा जाेगाउने चुनाैती  | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

ज्ञानीमैयाकाे निधनसँगै कुसुण्डा भाषा जाेगाउने चुनाैती 

दाङ। दाङमा लोपोन्मुख जातिको बसोवास भएको क्षेत्र हो । नेपालमा कमै मात्र रहेको कुसुन्डा जातिको बसोवास दाङमै छ । कुमाल, कोरी, चमार जस्ता जातिहको बसोवास पनि दाङमा देखिन्छ । तर ती जातिको भाषा, पेसा र परम्पार भने संकटमा देखिन्छ । राज्यको पहल नँहुदा लोपोन्मुख जातिको भाषा र पेसा संकटमा परेको जानकारहरुको भनाइ छ।

लोपोन्मुख जाति कुसुन्डालाई अहिले भाषालाई जीवन्त राख्ने चुनौती छ । भाषा संरक्षणका लागि जानकारहरूको अभावले भाषा संरक्षणमा चुनौती थपिँदै गएको अगुवाहरूको भनाइ छ।

नेपालमै कुसुण्डा भाषा बोल्ने र त्यो भाषाका विषय पूर्ण जानकार, भाषा संरक्षक दाङकी ज्ञानीमैया कुसुण्डाको दुई वर्षअघि ८५ वर्षको उम्मेरमा निधन भएपछि भाषा पुस्तान्तर हुन नसक्दा संरक्षणमा समस्या देखिएको हो । भाषाको संरक्षणका लागि उनको स्थान ओगट्ने अन्य कुसुन्डा समुदायमा देखिएका छैनन्। उनीपछि भाषा संरक्षण लोप हुने अवस्थामा पुगेको कुसुन्डा विकास समिति केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले बताए । लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर र घोराही उपमहानगरपालिकाका विभिन्न वडामा गरेर ७४ जना कुसुण्डा समुदायका मानिस बसोबास गर्दै आएका छन् । कुसुन्डा विकास समितिका अध्यक्ष धनबहादुर कुसुण्डाले अहिले भाषा जोगाउन हम्मेहम्मे भएको बताए ।‘ज्ञानीमैया आफ्नो भाषालाई संस्थागत बनाउन र पुस्ता हस्तान्तरण गर्न खोज्दै थिइन् । उनकै आग्रहमा भाषा संरक्षण र सिकाइका लागि कुसुण्डा जातिका अन्य व्यक्तिलाई सिकाउनसमेत थालिएको थियो,’ अध्यक्ष धनबहादुरले भने, ‘उहाँले आफूले ल्याएको योजना पूरा गर्न सक्नुभएन । हामीले धेरथोर मात्रै प्रयास गरेका छौं ।’कुसुण्डा भाषामा दोहोरो कुरा गर्ने अहिले कोही पनि छैन । ज्ञानीमैया र उनको एकजना बहिनी कमला भएर दोहोरो संवाद गर्दै आएका थिए । ज्ञानीमैया अस्ताएपछि यो अभ्यास अहिले टुटेको छ । ‘दुईजनाले मात्रै आफ्नै भाषामा कुराकानी गर्थे, अब भाषा जगेर्ना गर्न समस्या भइरहेको छ,’ समितिका अध्यक्ष धनबहादुरले भने, ‘हामीले केही मात्र सिकेका छौ, तर भाषा रुजु गर्ने भाषा संरक्षकको अभाव खड्किएको छ ।’ कुसुण्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको उनको भनाइ छ ।

कुसुण्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले कुसुण्डा भाषाको लागि मूल स्रोत नै अहिले नरहेको बताए । आलेले भने, ‘ज्ञानीमैयापछि भाषा संरक्षणको मूल स्रोत हराएको छ । लोपोन्मुख कुसुण्डा भाषा पूर्णरूपमा जान्ने व्यक्ति देशभर जम्मा एकजना मात्रै रहेको र त्यो पनि ज्ञानीमायाको संगतले केही भाषा उनीमा सरेको छ ।’ दाङमा कुसुण्डा जातिको संख्या ७४ छ । देशभर एक सय ५६ जना रहेको कुसुण्डा जातिका मानिसहरु रहेको समाजका अध्यक्ष धनबहादुरले जानकारी दिए । अहिले दाङमा २३ जनाले दोस्रो चरणको भाषा सिकेका छन् । भाषा आयोगको आयोजनामा भाषा सिकाइएको उनले बताए । एकीकृत बस्ती निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । अहिले छरिएको बस्ती हुदा भाषा संरक्षण नहुने उनको धारण छ ।

सबै एकै ठाउँमा हुदा मात्रै भाषाको अभ्यास हुने र संरक्षण हुने हुदा एकिकृत बस्ती आबश्यक रहेको उनले बताए । लोपोन्मुख कुसुण्डा जातिको शब्दकोष निर्माण भएको छ।

कुमाल पेसा लोप हुँदै

लोपोन्मुख कुमाल जातीको परम्परागत पेसा लोप हुन थालेको छ । नयाँ पुस्ता परम्परागत भाषा, संस्कृति पेसामा जोडिन नमानेपछि कुमालेको माटोका भाँडा बनाउने पेसा संकटमा परेको समुदायका अगुवा दीपक कुमालले बताए ।नयाँ नयाँ पेसा व्यवसाय उनले नयाँ पुस्ता परम्परासँग जोडिन नमान्दा र पुरानो पुस्ताको व्यवसायले बजारीकरण नपाउँदा कुमाल जातिको पेसा संकटमा रहेको बताए । उनले पेसालाई आधुनिकीकरणमा नलैजाँदा र प्लास्टिकको भाँडाको प्रयोग बढेर पनि समस्या भएको बताए । परम्परागत पेसाले जीवन धान्न नसक्ने भए पनि अन्य पेसा व्यवसायमा कुमाल समुदाय लागेको अगुवा दिपकको भना छ।

Leave a Reply