लोपोन्मुख हायु जाति कसरी पर्दैछ संकटमा ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लोपोन्मुख हायु जाति कसरी पर्दैछ संकटमा ?

hayu jati

गोपाल पोखरेल
उदयपुर, १७ भदौ
। उदयपुरमा लोपोन्मुख हायु जातिको भाषा, धर्म, संस्कार र संस्कृति अहिले लोप हुने अबस्थामा पुगेको छ । एकदमै कम जनसंख्या रहेको यो जाति अहिले कसरी संकटमा पर्दैछ त ?

उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं ११ स्थित सिरवानीमा हायु जातिका ६ घर परिवार बसोबास गर्दै आएका छन । जिल्लामै यो जातिको जनसंख्या ४० जना मात्र रहेको छ । संख्या अत्यन्त कम हुंदा यो जातिमा अन्य जातिको भाषा तथा संस्कृतिको प्रभाव बढदो देखिन्छ । बढदो यो प्रभावका कारण हायु जातिलाई आफ्नो मातृ भाषाको संरक्षण गर्न, जन्म, बिबाह र मृत्यु संस्कार चलाउन संकट पर्न थालेको छ ।

थोरै संख्याका करण हायु जातिले आफ्नै समुदायको फरक गोत्रमा मागी बिबाह संस्कार चलाउन सकेको छैन । छोरा या छोरीको बिबाह आफ्नै समुदायको फरक गोत्रमा गराउने हो भने छिमेकी अन्य जिल्लाबाट बर या बधु आउनु वा जानु पर्ने अबस्था छ । अत्यन्तै सिमित सख्यामा रहेकाले यो समुदायमा अन्य जातिसँगको बिबाह बढ्दै गएको छ ।

सरकारले हायु जातिलाई लोपोन्मुख जातीको सुचिमा राखेर मासिक प्रतिव्यक्ति २ हजार रुपैंया विशेष भत्ता दिँदै आएको छ । मंगोल महाबंशको किराँत समुदाय अन्र्तगत पर्ने हायु जातिमा शैक्षिक ज्ञान र जागरण बढेसंगै आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने चेतना अहिले आएको छ । यो अवस्थामा कटारी नगरपालिकाले हायु जातिको आर्थिक सामाजिक विकासमा टेवा पुग्ने कार्यक्रम गर्न लागेको छ ।

हायु जाति उदयपुर, सिरहा, भोजपुर, सिन्धुली, काभ्रे, ओखलढुंगा, सर्लाही र रामेछाप जिल्लामा छरिएर बसेको पाइन्छ । लोपोन्मुख हायु जातीको कूल जनसंख्या नेपाल भर ५ हजारको हाराहारीमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);