हुण्डी कारोबार गर्ने दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हुण्डी कारोबार गर्ने दुई जना पक्राउ

pakrau

बीरगन्ज, १७ भदौ । अबैध वितिय कारोबार (हुण्डी) गरेको आरोपमा बीरगन्जका दुई जना व्यपारी पक्राउ परेका छन् । आइतबार अबैध वितिय कारोबार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय पर्साले बीरगन्जका दुई जना व्यपारीलाई पक्राउ गरेको हो ।

पर्सा प्रहरीले बीरगन्ज रानिघाट निवासी अजयकुमार कलवार तथा विर्ता निवासी पवन गुप्तालाई ५४ लाख रुपया सहित नियंत्रणमा लिएको हो । आइतबार दिउसो ४ बजे बीरगन्जको माइस्थान, घडिअर्वा तथा जेलरोडमा गुप्ता र कलवारको व्यपारिक प्रतिष्ठानमा छापामारी उनीहरुलाई नियंत्रणमा लिएको प्रहरीले जनाएको छ ।

छापाको क्रममा ६ जना व्यक्ति पक्राउ परेपनि प्रहरीले अहिले गुप्ता र कलवारको नाम मात्र सर्वाजनिक गरेको छ । पकाउ परेका अन्य ४ जना व्यक्तिहरु भारतिय नागरिक रहेको बुझिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);