हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

नितेश कर्ण
वीरगञ्ज, २६ फागुन ।
हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया उपमहानगरपालिका-२३ का ३८ वर्षीय जयराम राउत कुर्मीलाई पक्राउ गरेको हो ।

मंगलबार वीरगञ्ज-६ स्थित माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोबार भइरहेको सूचना प्रहरीमा आएको थियो । प्रहरीले सोही ट्रेडर्समा काम गर्ने कुर्मीलाई स्रोत खुल्न नसकेको नेपाली ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँ, भारतीय रुपैयाँ ७ हजार ४ सय तथा उनको साथबाट बब्लु राजको नाममा जारी भएको नगद २ लाख र रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजारको चेकसमेत बरामद गरेको छ ।

पक्राउ परेका कुर्मीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कर्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);