अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

काठमाडौं । अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका-३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफुल व्यवसाय गर्ने ३४ वर्षीय मिन प्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् ।

मिन प्रसादले हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमेशले हुण्डी कारोबारमा प्रयोग भएको उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);