सुन र नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

सुन र नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ

मकवानपुर । सुन र नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा सोही उपमहानगरपालिका-१० राप्तीरोड बस्ने २५ वर्षीय सन्दिप जोशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

साउन २३ गते दिउँसो सोही उपमहानगरपालिका-२ पिपलबोट नजिकै मनोज राईको सुन बनाउने ठाउँबाट ६५ लाल सुन र ९६ हजार रुपैयाँ चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न जोशीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);