अपरिचित समूहको आक्रमणबाट सिरहामा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अपरिचित समूहको आक्रमणबाट सिरहामा एक जनाको मृत्यु

death

सिरहा, ३० चैत । अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट लहान नगरपालिका-२३ गाढिया चोकमा सुन चाँदी पसल संचालन गरी बस्ने सोही नगरपालिका-२२ सिसवनीका ४५ वर्षीय प्रदिप मिझारको आइतबार बिहान मृत्यु भएको छ ।

अपरिचित ६ र ७ जनाको समूहले सुन चाँदी पसल गरी बसेको घरको ढोका फलामको हम्मर र छिनोले फोडी चोरी तथा लुटपाट गर्न लाग्दा उक्त समूहसँग प्रतिकार गर्दा उनीहरुले प्रदिपलाई गोली प्रहार गरेको तथा प्रदिपकै श्रीमती ३५ वर्षीया अनिता कुमारी दुलाललाई खुकुरी प्रहार गरी घरभित्र रहेको ३ तोला सुन, ७ केजी चाँदी, महिलाले खुट्टामा लगाउने दुई जोर ६० तोला चाँदीको काडा र नगद २ लाख ५० हजार रुपैयाँ लुटपाट गरी फरार भएका थिए ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले घटनामा संलग्न लहान नगरपालिका(७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाट भाग्दै गरेको अवस्थामा १ थान फलामको छिनो सहित र सोही नगरपालिका-२३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई समेत पक्राउ गरेको छ ।

घटनामा गम्भीर घाइते भएका प्रदिपको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । साथै घाइते अनिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा समेतबाट खटिएको प्रहरीले घटना संलग्न हाल फरार अन्य व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);