जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ

काठमाडाैं, २७ असाेज । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले मुख्य योजनाकार सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ रहेका छन ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले बताएको छ । जग्गा हेर्न भन्दै गएका उनीहरुले गत हप्ता योञ्जनलाई कुटपिट गरेका थिए ।

कुटपीटबाट गम्भिर घाइते योञ्जनको उपचारका क्रममा मृत्यु भएको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले उनीहरुले जग्गा किन्ने बहाना बनाएर मृतक योञ्जनसँग रहेको सुन लुट्न कुटपिट गरेको बताउनुभयो । कुटपिटबाट योञ्जनको पेट, छाती र अनुहारमा गम्भिर चोट देखिएको उहाँले बताउनुभयो ।

कुटपिटपछि उनीहरु दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लगेर फरार भएका थिए । प्रहरीले घटनास्थलमा भेटिएको हेलमेटका आधारमा अनुसन्धान गरी अपराधिहरुलाई पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो । उनीहरुको साथबाट बा ९६ प ७११४ नम्बरको मोटरसाइकल, सुन विक्रिबाट प्राप्त १ लाख ५५ हजार मध्ये ५४ हजार ६ सय रुपैयाँ नगद पनि र एक तोला दुई लाल सुन बरामद गरिएको छ ।

कर्तव्य ज्यान मुद्दा र लुटपाट अभियोमा उनीहरुलाई भक्तपुर जिल्ला अदालत लगिने प्रहरीले बताएको छ । अपरेशनमा संलग्न प्रहरी अधिकारी र जवानहरुलाई नगद सहित सम्मान पनि गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);