देशभर लागेको डढेलो नियन्त्रणमा आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देशभर लागेको डढेलो नियन्त्रणमा आउँदै

udaypur dadhelo

काठमाडौं, ३० चैत । पछिल्लो समय देशभर लागेको डढेलो केहि नियन्त्रणमा आएको छ । आइतबार साँझसम्म नेपालका ४३ जिल्लाका दुई सय ७९ जंगलमा डढेलो सक्रिय थियो ।

वन मन्त्रालयको तथ्याङ्क अनुसार सोमबार यो संख्या घटेर दुई सय एक रहेको छ । यसरी हेर्दा पछिल्लो २४ घण्टामा ७८ भन्दा बढि जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको हो ।

हिजो सम्मको तत्थ्याङ्कलाई हेर्दा सुदूरपश्चिममा मात्र ८३ वटा वनमा डढेलो लागेको थियो । तर आज यो संख्या घटेर ५४ छ ।

सुदूर पश्चिम प्रदेश वन मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार स्थानिय बासिन्दाको सक्रियताले नै डढेलो नियन्त्रणमा सजिलो भएको छ ।

सुदूर पश्चिम सँग सँगै देशका अन्य जिल्लामा लागेको डढेलो पनि नियन्त्रणमा आउने क्रम जारी छ । डिभिजन वन कार्यलय चितवनका प्रमुख वन अधिकृत पदम राज नेपालका अनुसार पनि चितवनमा पछिल्लो समय डढेलो घटेको छ ।

हिजो सम्म १३ स्थानमा लागिरहेको डढेलो आज ८ स्थानमा बाँकी छ । लागिरहेको डढेलो पनि नियन्त्रणमा आउने क्रममा छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा डढेलो नरहेको सवै स्थानिय तहलाई सूचित गरेको उनले बताए ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);