तीन दिन देखि नियन्त्रणमा आएन मनाङको डढेलो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

तीन दिन देखि नियन्त्रणमा आएन मनाङको डढेलो

मनाङ, २ फागुन । मनाङको यारुस्थित मुखुङ सामुदायिक वनमा लागेको डढेलो ननिभ्दै पुनः ङिस्याङ मनाङ गाउँपालिका–२ र ३ मा आगलागी भएको छ ।

दुई भिन्दा भिन्दै स्थानमा लामो समयसम्म आगलागी भएकामा फेरि ङिस्याङ मनाङ गाउँपालिका–२ र ३ मा आगलागी भएको हो । विगत माघ २९ देखि लागेको आगो ननिभ्दा स्थानियमा त्रास फैलिएको छ ।

आगो निभाउने प्रयास भइरहेपनि भिरालो जंगलमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको गाउँपालिका अध्यक्ष कान्छा घलेको भनाई छ ।

मनाङमा यसै वर्ष तेस्रो पटक सम्म जंगलमा डढेलो लागेको छ । आगलागीको कारण भने अझै सम्म पत्ता लाग्न सकेको छैन । मनाङमा भएका आगलागीमा अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतका वन पर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);