विद्युत प्रशारण र वितरणको संजाल प्रयाप्त छैन : कार्यकारी निर्देशक शाक्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विद्युत प्रशारण र वितरणको संजाल प्रयाप्त छैन : कार्यकारी निर्देशक शाक्य

काठमाडाैं, २ फागुन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बिद्युत्को माग तथा खपत बढाउनको लागि प्रसारण र वितरणमा लगानी बढाउनुपर्नेमा जोड दिएकाछन ।

विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति यथेष्ट भएपनि विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको भन्दै बिद्युत्को माग तथा खपत बढाउनको लागि प्रसारण र वितरणमा पनि लगानी बढाउनुपर्नेमा जोड दिनुपर्ने बताए ।

कार्यकारी निर्देशक शाक्यले वितरण ट्रान्सफर्मर, वितरण सञ्जाल, ट्रान्सफर्मर स्टेशन, ट्रान्समिशन लाइन धेरै बनाउनुपर्ने अवस्था रहेको र त्यसका लागि प्राधिकरणको क्षमता कमजोर भएको भन्दै विद्युत् प्रसारण तथा वितरण र खपत लगायत समग्र समस्या समाधानका निम्ति छुट्टै ब्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताएकाछन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);