केरुङ नाकामा आवागमन सहज बनाउन कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

केरुङ नाकामा आवागमन सहज बनाउन कांग्रेसको माग

nepali congress

काठमाडौं, २ फागुन । नेपाली कांग्रेसले केरुङ नाकामा नागरिक र ब्यवसायीहरुले दुःख पाएको भन्दै तत्काल अन्तयका लागि पहलका लागि सरकार समक्ष माग गरेको छ ।

आईतबार नेपाली कांग्रेसले विज्ञप्ती प्रकासित गर्दे कोभिड संक्रमण फैलीए लगतै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा कडाई र बन्द गर्नु बाध्यता तथा आवश्यक कदम भएपनि हालको स्थिति सहज भईसकेको अबस्थामा पनि नागरिक र ब्यवसायिहरुलाई दुःख दिने काम भएको बताएको छ ।

विज्ञप्तीमा सिमाको प्रमुख ब्यापारिक नाकाको रुपमा रहेको केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको हुँदा आवागमनलाई सहज बनाउन तत्काल पहलका गर्नुुपर्ने उल्लेख छ ।

०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको भएपनि दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद भएको काग्रेसको भनाई छ ।

यसबाट नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको विज्ञप्तीमा उल्लेख छ । अतः चीनिया पक्षसँग यथासिघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेसले नेपाल सरकार समक्ष माग गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);