अझै नियन्त्रणमा आएन पाथीभरा क्षेत्रको डढेलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अझै नियन्त्रणमा आएन पाथीभरा क्षेत्रको डढेलो

ताप्लेजुङ, ११ पुष । ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रण हुन सकेको छैन । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो ।

फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको र आगो पाथीभरा मन्दिरतर्फ बढिरहेको पाथीभरा मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । डढेलो नियन्त्रणका लागि हेलिकप्टर बाहेक अरु विकल्प नभएका बताइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी क्षेत्रतर्फ प्रस्थान गरेको जनाएको छ । तर, टोलीलाई आगलागी भएको क्षेत्र पुग्न कम्तिमा ३ देखि ४ घण्टासम्म लाग्ने भएकोले आगो नियन्त्रण गर्न समस्या आउन सक्ने स्थिति देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);