'हाम्रो टीम नेपाल'द्वारा न्यानो ब्लाङ्केट वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

‘हाम्रो टीम नेपाल’द्वारा न्यानो ब्लाङ्केट वितरण

काठमाडौं, ११ पुष । कोभिड–१९का कारण रोजगारी गुमाई भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई ब्लाङ्केट वितरण गरेको छ ।

शनिबार थापाथली स्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले न्यानो ब्लाङ्केट वितरण गरेको हो । जाडो समयमा न्यानो कपडाको आवस्यकता पर्नेहरुको समस्यालाई ध्यान दिएर विभिन्न दाताहरुबाट प्राप्त भएको ब्लाङ्केट वितरण गरिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।

‘भोक मुक्त, नाङ्गो मुक्त र भेदभाव मुक्त राष्ट्र निर्माण’ अन्तर्गत घरबार बिहीन भई सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई जाडो समयमा प्रयोग गर्ने ब्लाङ्केट वितरण गरिएको पन्तले बताउनुभयो ।

कोभिडका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);