संसद् विघटन गरेको भन्दै मानव अधिकार तथा शान्ति समाज नवलपरासीद्वारा विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

संसद् विघटन गरेको भन्दै मानव अधिकार तथा शान्ति समाज नवलपरासीद्वारा विरोध प्रदर्शन

जीवन न्यौपाने

नवलपरासी, १० पुष । संघीय संसद् विघटन गरेको विरोधमा मानव अधिकार तथा शान्ति समाज पश्चिम नवलपरासीले शुक्रबार नवलपरासीको सुनवल १२ भुमहीमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गरेको छ । शान्ति समाजले लोकतन्त्र माथि खतरा बढेको भन्दै लोकतन्त्र बचाउनका निमित्त खबरदारीपूर्ण विरोध प्रदर्शन गरेको हो ।

विरोध सभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले बर्तमान सरकारले संघीय संसद्को विघटन गरेर असंवैधानिक काम गरेकाले लोकतन्त्र माथि नै खतरा बढेको बताउनुभयो । ‘प्रधानमन्त्रीले संसद विघटनमा चालेको कदमले देश गम्भीर मोडमा पुगेको छ, उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीको यो कदमले जनमतको अपहेलना भएको छ ।’

त्यस्तै विरोध सभामा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य मोहन प्रसाद बिकले प्रधानमन्त्रीको असंबैधानिक कदमले देशले हालसम्म लोकतन्त्र प्राप्तिका लागि गरेका उपलब्धि र प्रयासहरु गुम्न सक्ने खतरा बढेको बताउनुभयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार माधव प्रसाद पाण्डे, कृष्ण श्रेष्ठ, पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा लगायतले आफ्नो धारण प्रस्तुत गरेका थिए । मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष सन्तोष अधिकारीको नेतृत्वमा भएको विरोध सभाको महत्वमाथि प्रकाश न्यौपानेले आफ्नो भनाइ राखेका थिए भने कार्यक्रमको सञ्चालन शान्ति समाज नवलपरासीका सचिव गणेश न्यौपानेले गरेका थिए। शान्ति समाजले लोकतान्त्रिक संस्कृति निर्माणका लागि विगत समय देखी नै अभियान संचालन गर्दै आएको छ।

त्यस्तै भुमहीमा शुक्रबार नै राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला समितिले पनि संसद विघटन गर्ने ओली सरकारको निर्णय असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद कदम भन्दै त्यसको विरुद्ध विरोध प्रदर्शन गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);