काठमाडौँ ।
विपक्ष दलहरुले अवरुद्ध पारेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन्द्र साह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि उपस्थिति नभएको भन्दै विपक्षीहरुले अवरुद्ध पारेपछि बैठक केहीबेरका लागि स्थगित गरिएको हो । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री आउने भन्दै बैठक सूचारु गराउन विपक्ष दलका सांसदहरुलाई पटक पटक आग्रह गर्नुभएको थियो । तर उक्त कुराको सुनुवाई नभएपछि बैठक स्थगित गरिएको छ ।




