काठमाडौं ।
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफनो अभिव्यक्ति दिन शुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले उक्त भनाईप्रति आपत्ति जनाउँदै उहाँलाई बोल्न रोक लगाउनुभएको थियो । त्यसै क्रममा उहाँले अर्का विपक्ष दलका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद परशुराम तामाङलाई बोल्ने अनुमति दिएपछि उहाँले पनि बोल्न चाहनु भएन । त्यसपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टिका संग्रौलाले सभामुखमाथि अपमान हुने गरी सांसद राईले अभिव्यक्ति दिइएको भन्दै नियमापत्ति जनाउनु भएको थियो ।
त्यसपछि फेरि सभामुखले उक्त अभिव्यक्तिको माफी माग्ने शर्तसहित एमाले सांसद राईलाई बोल्नका लागि समय दिनु भएको थियो । तर सांसद राईले आफनो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको र यसबाट सभामुख अर्यालले ५ वर्षसम्म संसद चलाउने ढाँचा नल्याउको भनि फेरि आलोचना गर्नुभएको थियो । उहाँको उक्त अभिव्यक्तिपछि तत्काल सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।




