राप्रपाको अवरोधपछि संसद बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

राप्रपाको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं, २७ वैशाख । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको जानकारी गराएसँगै राप्रपाका सांसदहरु उठेर आकस्मिक समयको माग गरेका थिए । सभामुखले बैठकमा बजेटपूर्वको छलफल हुने भन्दै बैठकमा शुन्य समयबाहेको समय नराखिएको जानकारी गराउनुभएको थियो । उहाँले आफ्नो कुराहरु शुन्य समयमै राख्नका लागि अनुरोध गर्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर राप्रपाले बोल्न पाउनुपर्ने माग निरन्तर राखेपनि सभामुखले राप्रपाको बिरोधका बाबजुद शुन्य समयको लागि बोल्न सांसद विमला सुवेदीलाई समय उपलब्ध गराउनु भयो ।

लगत्तै राप्रपा सांसदहरुले वेल घेराउ गरेपछि बैठक सञ्चालनमा झनै अवरोध पुगेको हो । यससँगै प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);