प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं, २२ पुस । संघीय संसद प्रतिनिधिसभाको बैठक आगामी बुधबारसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार प्रतिनिधिसभाको बैठकका दिएको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रश्न गर्न माग गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक बुधबार एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयमा टाँस गरिएको सूचनामा प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिइएको छ ।

प्रधानमन्त्री ओलीको वक्तव्यमाथि प्रश्न गर्न पाउनुपर्ने भन्दै नेपाली काँग्रेसका सांसदहरुले रोष्टम अघि उभिएर नाराबाजी गरेका थिए । सभामुख कृष्णबहादुर महराले आफूले अनुमति दिएपछि मात्रै प्रश्न गर्न पाउने भनेपछि बैठकमा हंगामा भएको थियो ।

यसैबीच, नेपाली काँग्रेसले प्रधानमन्त्रीको वक्तव्यमाथि प्रश्न गर्न नदिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएको छ ।

ताजा समाचार