सरकारले कान्ति बाल अस्पताललाई ५ करोड आर्थिक सहायता उपलब्ध गराउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

सरकारले कान्ति बाल अस्पताललाई ५ करोड आर्थिक सहायता उपलब्ध गराउने

kanti bal hospital

काठमाडौं, २२ पुस । सरकारले कान्ति बाल अस्पतालका लागि ५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५ करोड आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

आईतबार सो अस्पतालको ५७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनँले कान्ति लगायतका सरकारी अस्पतालहरुको स्तरोन्नतिका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने नीति लिएको स्पष्ट पारे ।

राज्यमन्त्री यादवले स्वास्थ्य सेवालाई सहज बनाउने संवैधानिक व्यवस्था भएपनि बजेट र जनशक्तिको अभावमा सो काम तत्काल गर्न सक्ने अवस्थामा सरकार नरहेको बताए ।

अस्पतालले बाल स्वास्थ्यका सबै विशिष्टिकृत सेवाहरुको स्थापना गर्दै बाल स्वास्थ्य सम्बन्धि अध्ययन, अध्यापन र राष्ट्रिय अनुसन्धान केन्द्रसहितको बाल स्वास्थ्य अध्ययन प्रतिष्ठानको रुपमा विकास गराउने लक्ष्य लिएको छ । अस्पतालका निर्देशक डा. गणेशकुमार राईले सो लक्ष्य प्राप्तीमा नेपाल सरकारको पूर्ण साथ रहने विश्वास पनि व्यक्त गरे।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);