नेपालको दूर्गम क्षेत्रलाई जर्मनले ३ अर्व २ करोड आर्थिक सहायता गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालको दूर्गम क्षेत्रलाई जर्मनले ३ अर्व २ करोड आर्थिक सहायता गर्ने

jermany sahayog

काठमाडौं, २० असार । जर्मनले नेपाललाई ३ अर्व २ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मनका राजदुत रोलान्ड सेफरबीच शुक्रबार काठमाडौंमा जर्मनले नेपाललाई सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालको दूर्गम क्षेत्रको सौर्य उर्जा, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्मनले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरिएको सचिव खनालले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि जर्मनका राजदुत सेफरले नेपालको दुर्गम क्षेत्रको पूर्वाधार विकासका लागि जर्मन सरकार आवश्यक सहयोग गर्न सदा तयार रहेको बताउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);