विपी राजमार्ग पुनर्निर्माणका लागि १ अर्ब ८५ करोड जापानी अनुदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विपी राजमार्ग पुनर्निर्माणका लागि १ अर्ब ८५ करोड जापानी अनुदान

japan sahayog

काठमाडौं, ८ कात्तिक । जापानले विपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अरव ८५ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मिसामिची साईगोबीच विपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई उपलब्ध गराईने सो आर्थिक सहायतासम्बन्धि सम्झौंता पत्रमा बिहिबार हस्ताक्षर भएको हो ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गरिएको सम्झौंता अनुसार आगामी सन् २०२० भित्र विपी राजमार्गको १ सय ६० किलोमिटर भित्रको २० ठाउँमा भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माण सम्पन्न गर्नुपर्नेछ । सन् २०२० भित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी जापान सरकारले विपी राजमार्ग पुनर्निर्माणका लागि सो अनुदान सहायता उपलब्ध गराउने भएको अर्थ सचिव डा. खनालले जानकारी दिए ।

कार्यक्रममा नेपालका लागि जापानका राजदुत साईगोले नेपालको कृषि, पर्यटन र विद्यालय तहको बालबालिकाको पठनपाठनलाई सहज बनाउन विपी राजमार्ग पुनर्निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराउन लागिएको बताए ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले सो राजमार्ग अन्तरगत २० वटा ठाउँ भाँसिएको थियो । जापान सरकारकै आर्थिक सहायतामा निर्माण गरिएको सो राजमार्ग २०७१ सालदेखि संचालनमा आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);