जापानद्वारा ६८ करोड ३२ लाख अनुदान सहायता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जापानद्वारा ६८ करोड ३२ लाख अनुदान सहायता

japan-nepal-pnp

काठमाडौं, ४ जेठ । जापानले नेपालको विपद् व्यवस्थापनका लागि ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराएको छ । अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मसाशी ओगावाले नेपालको विपद् व्यवस्थापनका लागि जापान सरकारले उपलब्ध गराएको ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको भूकम्पपछिको पुनर्निर्माण, बाढि र पहिरोजस्ता विपद व्यवस्थापनमा खर्च गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत ओगावाले नेपालको विपद् व्यवस्थापनका जापान सरकार आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए ।

जापानले नेपालको आर्थिक तथा सामाजिक विकास कार्यक्रमका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ । अर्थ सचिव खनालले नेपालको आर्थिक विकासमा जापानले उल्लेख्य योगदान दिँदै आएको स्मरण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);