भारतीय कम्यूनिष्ट पार्टीका महासचिव काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भारतीय कम्यूनिष्ट पार्टीका महासचिव काठमाडौंमा

yachuri

काठमाडौं, ८ कात्तिक । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आउनु भएको छ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा महासचिव यचुरी बिहिबार काठमाडौं आईपुगेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो नेपाल बसाई दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई अझै बलियो बनाउन केन्द्रित हुने बताए ।

नेपाल बसाईको क्रममा महासचिव यचुरीले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुसँग भेटवार्ता गर्नेछन् । उनले शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानद्धारा आयोजित विचार गोष्ठीलार्इं पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शनिबार सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान कार्यक्रममा सहभागी भएपछि महासचिव यचुरी स्वदेश फर्कनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);