विश्वको ध्यानाकर्षण गर्न राजनीतिमा चमत्कारिक परिवर्तन गरेको दाहालको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विश्वको ध्यानाकर्षण गर्न राजनीतिमा चमत्कारिक परिवर्तन गरेको दाहालको दावी

prachanda

काठमाडौं, १ फागुन । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालले राजनीतिमा चमत्कारिक परिवर्तन गरेर विश्वको ध्यानाकर्षण गरेको दावी गरेका छन् ।

बुधवार २४ औ जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय धुमवाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नेपाल गरिव भएपनि यसले केही दशकयता गरेको राजनीतिक परिवर्तनले विश्वकै ध्यानाकर्षण गराएको बताएका हुन् । उनले जनयुद्ध र जनआन्दोलनको जगमा नेपालले राजनीतिक परिवर्तनको क्षेत्रमा चमत्कारनै गरेको दावी गरे । दाहालले दुई कम्युनिष्ट पार्टी एकता, एकताको जगमा दुई तिहाई लोकतान्त्रिक जनमतसहितको सरकार बनाएर नेपालले विश्व कम्युनिष्ट पार्टीमा समेत गर्व गर्न लायक काम गरेको उल्लेख गरे ।

उनले दुई पार्टीबीचको एकतामा फाटो ल्याउन प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको आरोप समेत लगाए । अध्यक्ष दाहालले मुलुकको समृद्धिको अभियानमा सहकार्य गरेर अघि बढ्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह पनि गरे । जनताको अपेक्षा अनुसार मुलुकलाई समृद्ध बनाउन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका सहयात्री दलहरुबीच समझदारीको आवश्यक्ता रहेकोे दाहालको भनाई छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले जनयुद्ध र आन्दोलनका सहिदहरुको सपना पूरा गर्न सिंगो पार्टीको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);