संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको हाे : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको हाे : अध्यक्ष दाहाल

काठमाडाैं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा गंगा कार्की विश्वको “दुसाध्य जनयुद्ध” पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पुरानो प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी सोचसहित हमला भएको बताउनुभएको हो । उहाँले ठूलो बलिदानी पछि प्राप्त उपलब्धी संकटमा परेकाले एकताबद्ध भएर त्यसको रक्षा गर्नुपर्ने बताउनुभयो ।

माक्र्सवादलाई धर्मशास्त्र जस्तो बनाईएका कारण विश्व कम्युनिष्ट आन्दोलनले ठुलो क्षति बेहोरेको आफ्नो ठम्याईरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धलाई शान्तिमा रुपान्तरण नगरेको भए आफुहरुको जित नहुने बताउनुभयो । पेरु, श्रींलका लगायतका देशहरुको जस्तो युद्ध नहोस् भनि क्षेत्रिय, राष्ट्रिय, अन्र्तराष्ट्रिय र पार्टी भित्रको परिस्थिति अध्ययन गरी जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको स्मरण पनि उहाँले गर्नुभयो ।

जनयुद्ध शान्तिमा रुपान्तरण हुदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र मा आईपुगेको भन्दै उहाँले सोही उपलब्धि माथि भएको प्रहार विरुद्ध एकजुट हुन सबैलाई आव्हान गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);