'प्रधानमन्त्री ओलीका कारण संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘प्रधानमन्त्री ओलीका कारण संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा’

काठमाडौं, २८ जेठ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सबैभन्दा बढि खतरा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको आरोप लगाएका छन् ।

नेता थापाले यो व्यवस्थालाई जोगाउने दायित्व आफ्नो पार्टीको रहेको दावी गरे । सोमबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघको एक कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्व राजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट खतरा रहेको चर्चा हुने गरेपनि सबैभन्दा बढि खतरा दुई तिहाई बहुमतको नेतृत्व गरेर सरकार संचालन गरिरहेका प्रधानमन्त्री ओलीबाट रहेको दावी गरे ।

नेता थापाले अमेरिका, फिलिपिन्स लगायतका मुलुकहरुमा पनि निर्वाचित राष्ट्रपतिबाटै लोकतन्त्रमाथि खतरा रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको दावी गर्दै नेपालमा पनि त्यसको अंशको रुपमा सो कुरा देखिएको तर्क गरे ।

नेता थापाले हारको मानसिकता बोकेर काँग्रेस अघि बढ्न नसक्ने स्पष्ट पारे । काँग्रेस नेतृत्वमा संविधान जारी भएको, निर्वाचन सम्पन्न भएको भन्दै अव संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्ने दायित्व पनि काँग्रेसकै भएको नेता थापाको तर्क छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);