‘प्रचण्ड’ अस्थिर, डबल डिलर र दुई वटा जिब्रा भएको व्यक्ति : मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘प्रचण्ड’ अस्थिर, डबल डिलर र दुई वटा जिब्रा भएको व्यक्ति : मन्त्री थापा

काठमाडाैं, २६ पुष । नेकपाका नेता एवं खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर, डबल डिलर र दुई वटा जिब्रा भएको ब्यक्तिको संज्ञा दिनु भएको छ । नेकपा काभ्रेको अगुवा कार्यकर्ता भेला एवं विस्तारीत जिल्ला कमिटीको बैठकलाई बनेपामा सम्बोधन गर्दै मन्त्री थापाले प्रचण्डकै कारण नेकपा फुटेको बताउनु भयो ।

मन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको कदमले मुलुक अग्रगामी तर्फ उन्मुख भएको बताउदै मन्त्री थापाले विकास र समृद्धीको नेतृत्व केपी ओली बाहेक कसैले गर्न नसक्ने दावी गर्नु भयो । उनले प्रचण्डमा द्धन्द्धबाट निकास निस्कन्छ भन्ने सिद्धान्त रहेको भन्दै परिवारबाद, अस्थिरतावादतर्फ नजानको लागि ३० वर्षदेखि सँगै रहेका प्रचण्डको साथ छोडेको बताए ।

उनले पूर्व माओवादी प्रचण्डको पक्षमा छन् कि रामबहादुर थापा ‘बादल’ को पक्षमा छन् भन्ने कुरा हेर्नको लागि छ महिना कुर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले प्रचण्डले पार्टीमा नारायणकाजी श्रेष्ठ भित्राएर र नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री हुने दाउ हेरेर माक्सवाद–लेलिनवाद–माओवाद, प्रचण्डपथ छाडेको आरोप लगाए ।उनले प्रचण्ड एक्लैले माओवादी पार्टी नबनाई बाबुराम भट्टराई र मोहन बैद्यको समेत ठुलो हात रहेको बताए ।

तत्कालको लागि केपी ओलीले देखेको सपना पुरा नभएको देखिएपनि आगामी १०÷२० वर्षमा त्यसको अनुभुति जनताले पाउने दावी गरे । उनले प्रधानमन्त्रीमा सोच्न सक्ने, सबै नेता कार्यकर्तालाई मिलाउन सक्ने र चिनिँया राष्ट्रपति, भारतीय प्रधानमन्त्री, पुटिनको जस्तो अन्र्तराष्ट्रिय पोलिटिक्स गर्न सक्ने क्षमता रहेको दावी गरे । कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पूर्वप्रधान्याधिशहरुलाई प्रचण्ड–माधव नेपालको समुहबाट चुनावमा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् ।

पुर्वप्रधानन्याधिशहरुको विज्ञप्तीप्रति लक्षित गर्दै नेता बाँस्कोटाले विज्ञप्ती जारी गर्नुभन्दा प्रचण्ड र माधव नेपालको कार्यकर्ता भएर चुनाव लड्न चुनौती दिएका हुन् । हिजो न्यायालयमा बिचाराधिन मुद्धामा बोल्न पाँईदैन भन्ने तर आज राजनीति गरेको बताए । उनले राजनीति गर्न मन भए राजनीतिमा आउन आग्रह गर्दै भूतपूर्वहरुले फैसला नगरी वर्तमानले फैसला गर्ने भएकोले अदालतको फैसला स्विकार्य हुने बताए ।

माधव नेपाललाई महाधिवेशबाट अध्यक्ष बन्न आग्रह गर्दा नमानेको बताउदै बाँस्कोटाले माधव नेपाल परिवर्तन, विकास नचाहन र पदको आकाँक्षी मात्रै भएको दावी गरे । उनले केपी ओलीलाई माधव नेपालले किस्तीमा राखेर अध्यक्ष पद नदिएर महाधिवेशनबाट अध्यक्ष भएको बताए । झण्डै दुई तिहाईको पार्टी बनाउने अध्यक्षलाई ५ वर्ष कुर्न नसकेको भन्दै बाँस्कोटाले आफुहरु जनताको मतको विस्वास गर्ने भन्दै जनताले जहाँ बसाउँछन् त्यही बस्न तयार रहेको बताए ।

सत्ता छाडेर सुकुल तिर जानेहरुले निर्वाचनमा सुकुल चिन्ह पाउने बताउँदै बाँस्कोटाले जिल्लाको विकास र समृद्धीका लागि राष्ट्रिय गौरवका आयोजनाहरु शुरु भएको बताए । उनले काभ्रेमा काठमाडौँ विश्वविद्यालय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, मदनभण्डारी विश्वविद्यालय र पनौतीमा पोलिटेक्निकल विश्वविद्यालय स्तापना हुने बताए ।

मदन भण्डारी विश्वविद्यालयको डिपिआरको काम र पनौतीको पोलिटेक्निकल विश्वविद्यालय केही समयमा घोषणा हुने बताउदै सन् २०२३ सम्म काभ्रे तथा नेपाल भरी खानेपानी नभएको स्थानमा खानेपानीको सुविधा पुग्ने दावी गरे । उनले कालापनी लगायतको क्षेत्र नेपालको हो भन्ने केपी ओली पहिलो नेता भएको दावी गरे । उनले प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै आँखा चिम्लेर गन्तव्यमा नपुगिने भन्दै गन्तव्यमा पुग्न सिद्धान्त र बिचार आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपा नेता आनन्द पोखरेलले जनआधार रक्षाको लागि नेकपाका नेता तथा कार्यकर्ताहरु जनताको घरदैलोमा जानुपर्ने बताए । प्रचण्ड र माधव नेपालले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि बढाउन नसकेको र प्रधानमन्त्रीले अघि सारेको उक्त अभियानमा समेत खुसी नभएको आरोप लगाए । पोखरेलले अब ठिक र अनुशाशित व्यक्ति जिताउन जनतालाई आग्रह गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामहरी सुवेदी, रेशम लामा, चन्द्र लामा, प्रदेश सभा सांसद गोमा भूर्तेल, केन्द्रीय सदस्य प्रकाश गौतम, नेकपा काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे, सदस्य बिनोद गौतमलगायतले आफ्नो भनाई राखेका थिए । सो भेलालाई सम्बोधन गरी बैठकको अध्यक्षता गरेका ब्याञ्जुले ६ सय ९९ सदस्यीय जिल्ला अधिबेशन आयोजक कमिटी घोषणा गर्नु गरेका थिए ।

साविक जिल्ला कमिटीमा १ सय २४ जना, मनोनित गर्न बाँकी ७२ जना र ५ सय ३ जना नयाँ सदस्यहरुलाई अधिबेशन आयोजक कमिटीमा राखिएको अध्यक्ष ब्याञ्जुले बताए । बैठकले जिल्लाका संघ र प्रदेश कमिटी, गाउँ र नगर तथा वडा कमिटी, जनवगर्गिय संगठनहरुको पुनर्गठन गरी आगामी माघ ९ र १० गते आयोजक जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण दिईने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);