को हुन् प्रहरी इन्काउन्टरमा परेका अशोक लामा ? | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

को हुन् प्रहरी इन्काउन्टरमा परेका अशोक लामा ?

काठमाडौं, २८ जेठ । आज दिउँसो ललितपुरस्थित यूएन पार्क नजिकै प्रहरी इन्काउन्टरमा परेका अशोक लामा काभ्रेली समूहका गुण्डा नाइके दावा लामाका सहयोगी भएको खुलेको छ । टोले गुन्डाका रुपमा चिनिएका लामा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँको शंखमुल र ललितपुरको युनएन पार्कको बीचमा रहेको पुल नजिक लामामाथि सोमबार दिउँसो गोली प्रहार गरेको थियो ।

ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा रहेका लामालाई नियन्त्रणमा लिन खोज्दा आक्रमणको प्रयास गरेपछि उनीमाथि गोली चलाइएको प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेर घाइते भएका लामाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले लामाको साथबाट एक पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको छ । उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो ।

काभ्रे जिल्लाका स्थायी बासिन्दा लामा काभ्रेकै गुन्डा नाइके दावा लामाको संगतले गुन्डागर्दीमा प्रवेश गरेका उनीबारे जानकारहरुले बताएका छन् । सुरुमा काठमाडौँको त्रिपुरेश्वरमा बस्ने अशोकले दरबारमार्ग, ठमेल, ललितपुरलगायतका क्षेत्रमा रहेका डान्स बारमा जबर्जस्ती हप्ता असुल्ने काम गर्थे ।

पछि दावाकै सहयोगमा उनी ललितपुरलाई आधार बनाएर गुन्डागर्दीमा जमेका थिए । त्यसपछि उनले विभिन्न व्यापारीलाई चर्को ब्याजमा ऋण दिने धन्दा अर्थात मिटर ब्याजमा पनि सक्रिय रहेको प्रहरीको दाबी छ । उनले निर्माण क्षेत्रमा सानाठूला ठेक्का पट्टा पनि गर्ने गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);