स्वयम्भूको भगवानपाउमा गोली चल्यो, अपरहणकारी घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्वयम्भूको भगवानपाउमा गोली चल्यो, अपरहणकारी घाइते

२१ फागुन, काठमाडौं । स्वयम्भूको भगवानपाउमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ ।

स्वयम्भूको भगवानपाउमा गोली चल्यो

२१ फागुन, काठमाडौं । स्वयम्भूको भगवानपाउमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ ।

केही दिन अघि काठमाडौंको बौद्धबाट अपहरणमा परेका तीन युवालाई अपहरणमुक्त गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको हो । प्रहरीको गोली लागि घाइते भएका अपहरणकारी दुर्गा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा परेका नुवाकोटका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङ भने अपरहण मुक्त भएका छन् । 

अपहरणकारीले मागेजति रकम लिएर अपहरितका आफन्त भगवानपाउ पुगेका थिए । अपहरितलाई मुक्त गरेर रकम लिनेवित्तिकै सादा पोशाकमा रहेको प्रहरीले अपहरणकारीलाई पक्राउ गर्ने प्रयास गरेको थियो । भाग्ने क्रममा अपहरणकारीले प्रहरी टोलीमाथि नै गोली प्रहार गरेपछि जवाफी कारबाहीमा प्रहरीले गोली हानेको थियो ।

घुँडामुनी गोली लागेर घाइते भएका अपहरणकारी दुर्गा तामाङ पक्राउ परेका छन् ।  तामाङको साथबाट सिक्सर हतियार र तीन थान गोली बरामद भएको प्रहरीले जनाएको छ । करिब ६ जनाको संख्यामा अपहरणकारीहरु रहेको प्रहरीको भनाइ छ । अपहरणमा संलग्न अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);